काठमाडौं, सिंहदरबार परिसरभित्र बुधबार बिहान दुई वटा गाडी आपसमा ठोक्किएका छन् ।
६६-१-००१२ नम्बरको गाडीले बागमती प्रदेश ०१-०२८च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो । दुर्घटनामा एउटा गाडीको अगाडिको भाग र अर्को गाडीको ढोकामा क्षति पुगेको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । घटनाबारे ट्राफिक प्रहरीले विवरण संकलन गरी थप प्रक्रिया अघि बढाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।