मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सुरु

१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सुरु

मेगा खबर संवाददाता

१, आश्विन २०८३
  • 289
    SHARES

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभीरमा दुईतर्फी यातायात सुरु

    काठमाडौं, बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

    त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा करिब १०० मिटर सडक भासिएपछि यातायात ठप्प भएको थियो । सडक विभागले नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण गरेपछि आजदेखि दुईतर्फी सवारी सञ्चालन गरिएको हो ।

    नयाँ ट्र्याक निर्माणका लागि भदौ १८ गतेदेखि काम थालिएको थियो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम पूरा भएपछि नियमित यातायात खुलाइएको हो।

    कृष्णभीरमा बाटो खुलेसँगै नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा रोकिएको पहिरो रोकथामको काम समेत तत्कालका लागि रोकिएको छ। कृष्णभीरमा यातायात सञ्चालन भएपछि ठूला सवारीसाधन काठमाडौं आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    लामो समय सडक अवरुद्ध हुँदा राजधानीमा अत्यावश्यक वस्तुको आपूर्तिसमेत प्रभावित भएको थियो । विशेषगरी एलपी ग्यास बोकेका ठूला सवारी आउन नसक्दा काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो ।

    भोटेकोशी बाढीपछि त्रिशूली नदीमा आएको बाढीले भदौ १४ गते कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो। कृष्णभीरमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।

    बिहिवार, आश्विन १ २०८३०८:०७:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार