काठमाडौं । काठमाडौं नापी कार्यालय, डिल्लीबजारका टोली प्रमुख डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको र काम गरिदिने भन्दै घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार उनलाई टोखा नगरपालिका–५, सुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो।
वलीविरुद्ध घुसरिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाइएको छ। विशेष अदालतको अनुमतिमा म्याद