काठमाडौँ । नेपालमा थप १८ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसोसम्म ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । योसँगै सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नयाँ संक्रमितमा धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् ।
सोमबार दिउँसोसम्म बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।