काठमाडौं,उपत्यकामा आज बिहान साढे ६ बजेको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड रहेको छ । यस अघि शुक्रबार यो वर्षको अहिले सम्मको सबैभन्दा कम तापक्रम ५.५ डिग्री सेन्टिग्रेड रहेको थियो ।
मौसमविद्का अनुसार अहिले बिहान काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि दिउँसो बदली हुने भयको छ । अहिले काठमाडौंको मौसम सफा भय पनि अपरान्हमा बदलीने छ । मौसमविद्ले भने पानी पर्ने सम्भावना भने देखिदैन ।
मौसमविद्का अनुसार पश्चिम पहाडमा भने मौसममा बदलिनेछ । कर्णाली गण्डकी, र सुदूर पश्चिमको पहाडी तथा हिमाली भुभागमा मौसम बदलीने रहेको बताए ।
तराईमा भने बिहानको समयमा भिजिविलिटी केही कम रहे पनि यातायात सेवालाई असर गर्ने तहमा नरहेको मौसमविद्ले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।