मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४०२

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४०२

  • 2.4K
    SHARES

  • थप २७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४०२

    नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

    थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ । 
     
    मंगलबार  झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १, मकवानपुरका १, रामेछापका १, कपिलबस्तुका ४, लमजुङका १, सिन्धुलीका १ र नवलपरासीको १ जना गरी २७ संक्रमित पुष्टि भएको उनले बताए । 
     
    संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै कोरोना संक्रमण ३६ जिल्लामा फैलिएको छ।  यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

    मंगलवार, जेठ ६ २०७७१२:०६:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार