मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

जलबिरे स्वास्थ्य केन्दको सक्रियता, पर्याप्त स्वास्थ्य सामाग्रीको अभाव

जलबिरे स्वास्थ्य केन्दको सक्रियता, पर्याप्त स्वास्थ्य सामाग्रीको अभाव

  • 7.2K
    SHARES

  • जलबिरे स्वास्थ्य केन्दको सक्रियता, पर्याप्त स्वास्थ्य सामाग्रीको अभाव

    बिश्वभर कोरोना भाइरसको माहामारी फैलिदै गई नेपालमा पनि यसको संक्रमण बढिरहेको बेला सिन्धुपाल्चोक जिल्लाको बलेफी गा पा १ मा रहेको जलिबरे प्राथमिक स्वास्थ्य केन्द्रले स्थानिय बासिन्दाहरुको स्वास्थ्य उपचारमा सक्रियता देखाएको छ ।

    यस स्वास्थ्य केन्द्रले आइसोलेसनको समेत ब्यबस्था गरी विशेष गरी बलेफी गा पा को वडा न १, २, ३, ४, जुगल गा‍ पा को ७ वटै वडा तथा चौतारा साँगाचोकगढी न पा २ र ३ गरी यस ब्रमायणी भेगका करिब १३ वटा वडाका बासिन्दाहरुलाई स्वास्थ्य सेवा पुर्याउंदै आएको छ ।

    यस स्वास्थ्य केन्द्रलेबाट कोरोना सक्रमण  RDT परिक्षण ६० जनाको भैसकेको र तिनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रका डा पिताम्बर खनालले बताउनुभयो । उहाँले यसअधि RDT परिक्षणमा पोजेटिभ आएका बिरामीहरुको PCR परिक्षण्को लागि टेकु पठाएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । उहाँका  अनुसार केही समय अगाडि १ जना बिरामीलाई आइसोलेसनमा राखी PCR परिक्षणका लागि टेकु पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको थियो र हाल सम्म यस स्वास्थ्य केन्द्रका कुनै पनि बिरामीको PCR रिपोर्ट पोजेटिभआएको छैन । 

    सस्थामा RDT परिक्षणका लागि ६ थान किट बाँकी रहेको र PCR का लागि VTM भने २ थान मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा परिक्षणको मात्रा बढेमा भने PPA सेटको अभाब हुनसक्ने डा पिताम्बरले बताउनुभयो । थप आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागि पहल भैरहेको बलेफी गा पा १ का वडा अध्यक्ष मधु बहादुर थापाले बताउनुभयो । 

    मंगलवार, जेठ ६ २०७७०४:०४:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार