काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ। तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन्।
परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ।
निजी अस्पतालले २० प्रतिशत नाफा लिएर आरडीटी परीक्षण गर्न पाउने छन। आरडीटीमा पोजेटिभ देखियो भने पीसीआर परीक्षणको लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।