मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेपालगञ्ज नाकाबाट एक हजार नेपाली भित्रिए

नेपालगञ्ज नाकाबाट एक हजार नेपाली भित्रिए

  • 2.8K
    SHARES

  • नेपालगञ्ज नाकाबाट एक हजार नेपाली भित्रिए

    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट एक हजार ३ सय २५ नेपाली भित्रिएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो। अधिकारी प्याकुरेलका अनुसार बुधबार भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३ सय २५ जना छन्।

    सबैभन्दा धैरै दैलेखका ५ सय १ जना छन्। जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिइएको र सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आ(आफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए।

    बिहिवार, जेठ ८ २०७७०७:४०:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार