मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

शिक्षा मन्त्रालयको निर्देशन : अनलाइन कक्षाका नाममा शुल्क नलिनु, भर्ना पनि नगर्नु

शिक्षा मन्त्रालयको निर्देशन : अनलाइन कक्षाका नाममा शुल्क नलिनु, भर्ना पनि नगर्नु

  • 3.0K
    SHARES

  • शिक्षा मन्त्रालयको निर्देशन : अनलाइन कक्षाका नाममा शुल्क नलिनु, भर्ना पनि नगर्नु

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको अवस्थामा विद्यार्थीहरुसँग भर्ना, अनलाइन कक्षा वा कुनै पनि बहानामा शुल्क नउठान विद्यालयहरुलाई निर्देशन दिएको छ।

    सोमबार शिक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी ‘सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै पनि किसिमले शुल्क लिने, वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु, नगराउनुहुन’ सूचित गरिएको छ।

    यस्तै, संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनि नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय तहलाई जानकारी दिन’ पनि भनिएको छ।

    शिक्षा मन्त्रालयले एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षा लिने सम्बन्धमा शुक्ष्म अध्ययन भइरहेको र हालसम्म कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ। 

    शनिवार, जेठ १० २०७७०९:१७:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार