मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बुढानीलकण्ठ रुद्रेश्वर महादेवको मन्दिर (फोटो फिचर)

बुढानीलकण्ठ रुद्रेश्वर महादेवको मन्दिर (फोटो फिचर)

मेगा खबर संवाददाता

२९, श्रावण २०८०
  • 934
    SHARES

  • बुढानीलकण्ठ रुद्रेश्वर महादेवको मन्दिर  (फोटो फिचर)

    काठमाडाैँ, साउन २९ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १३ भंगालमा अवस्थित प्राचीन रुद्रेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

    यो महादेवको मन्दिर बुढानीलकण्ठ जाँदा बुढानीलकण्ठ मन्दिरको अगावै दायाँतर्फको सडकबाट करिब एक किलोमिटर भित्र गएपछि बायाँतर्फ पहाडको फेदी र रुद्रमती नदीको किनारमा छ । वि.स. २०५२ सालमा मन्दिर निर्माण गरी स्थापना गरिएको हो । यी महादेवको उत्पत्तिको सन्दर्भमा धार्मिक ग्रन्थ शिव पुराणमा नागिनी नदी र रुद्रेश्वर महादेवको वर्णन गरिएको छ । प्राचीन किम्बदन्ती अनुसार यस ठाउँमा धेरै समयसम्म पानी नपरेको कारणले त्यहाँ अत्रि श्रृषिले तपस्या गरेको र गङ्गा प्रसन्न भई अनसूयालाई दर्शन दिई जलरुप मै शिव रहनु भएको हुँदा शिव आत्रिश्वर रूपमा रुद्रेश्वर भनी पुराणहरूमा वर्णन गरेको पाइन्छ ।

    मन्दिर परिसरमा कलात्मक शैलीका ढुङ्गाहरू प्रशस्तै देख्न सकिन्छ । मन्दिरको प्रमुख द्धारबाट भित्र पस्ने बित्तिकै रातो च्याप्टो ढुङ्गाको तल कलो प्रस्तरको गोलाकार आकारको सानो नै प्राचीन रुद्रेश्वर महादेव हुन् । मन्दिरको अगाडी ठुलो त्रिशूल र बसाहा समेत रहेको छ भने मन्दिरको अगाडी भित्तामा बुद्धको मूर्ति छ ।

     

    सोमवार, श्रावण २९ २०८००३:२१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार