मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आज हरिबोधनी एकादशी: भगवान् विष्णु जागा भएको दिन

आज हरिबोधनी एकादशी: भगवान् विष्णु जागा भएको दिन

मेगा खबर संवाददाता

१६, कार्तिक २०८२
  • 1.2K
    SHARES

  • आज हरिबोधनी एकादशी: भगवान् विष्णु जागा भएको दिन

    काठमाडौँ,  आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ । धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ ।

    हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    हरिबोधिनी एकादशीको शास्त्रीय महत्व
    शास्त्र अनुसार श्रीहरिलाई षोडशोपचार विधिबाट पूजा गर्ने र फलफूल, नैवेद्य अर्पण गर्ने परम्परा छ । व्रतालुले रातभर हरिनाम सङ्कीर्तन गर्दा भगवान् विष्णु अत्यन्त प्रसन्न हुने विश्वास गरिएको छ । यस दिनका व्रत, दान, स्नान र पूजा सबै अक्षय फलदायक हुन्छन् । हरिबोधनी एकादशीले न केवल भगवानको जागरणको स्मरण गराउँछ, तर माङ्गलिक कार्यको शुभारम्भ र भक्तिको अवसर पनि प्रदान गर्दछ ।

    हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

    पूजा विधि:

    बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने

    भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।

    ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने

    दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।

    राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।

    भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।

    शनिवार, कार्तिक १६ २०८२०८:२७:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार