काठमाडौँ, पितृउद्धारको कामना गर्दै शतबीज छर्नेको घुइँचो लागेको छ ।
मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ । पितृका नाममा रातभरि जाग्राम बसेर दीप महादीप बाल्ने र भोलिपल्ट बिहान झिसमिसेमै शतबीज छर्ने प्रचलन छ । त्यसैका लागि पाशुपत क्षेत्र लगायत देशभरका शिवालयमा दर्शनार्थीको ठूलो भिड लागेको छ ।
यसरी छरिने शतबीजमा मुख्यतः धान,जौ,गहुँ,चना,तिल,कागुनु र मकै हुने गरेको छ । शतबीजको मिश्रणमा केरा,उखु,सुन्तला, अनार,भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्छ ।
दिवंगत पितृका नाममा शिवालय तथा शिवधाममा यिनी अनाज र फलफूल छर्ने प्रचलन छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।