९ फागुन, काठमाडौं, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन् ।
बीबीसीका अनुसार ट्रम्पले ‘सेक्सन १२२’ नामक अहिलेसम्म प्रयोग नगरिएको कानुन अन्तर्गत अधिकतम १५ प्रतिशतसम्मको ट्यारिफ केही दिनका लागि लागू गर्ने घोषणा गरेका हुन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकासँग यसअघि व्यापार सम्झौता गरेर ट्यारिफ दर घटाएका देशहरू अब पुरानै सहमतिभन्दा फरक १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन् । यसमा बेलायत,भारत र युरोपेली संघलगायतका देश समावेश छन् ।
ती देशहरूले भने सम्झौता अनुसार दिएका सहुलियतहरू यथावत् पालना गर्नुपर्ने ट्रम्प प्रशासनको अपेक्षा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।