मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

हर्मुज नजिकै आफ्नो हेलिकप्टर खसेपछि अमेरिकाले गर्‍यो इरानमा हमला

हर्मुज नजिकै आफ्नो हेलिकप्टर खसेपछि अमेरिकाले गर्‍यो इरानमा हमला

  • 1.5K
    SHARES

  • हर्मुज नजिकै आफ्नो हेलिकप्टर खसेपछि अमेरिकाले गर्‍यो इरानमा हमला

    इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरेका छन् ।

    अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार ईएसटी समय अनुसार अपरान्ह ५ बजेदेखि इरानका विभिन्न ठेगानामा हमला सुरु गरेको हो। 

    सेन्टकमले एक विज्ञप्ति जारी गर्दै यो सैन्य कारबाही इरानको बिनासित्तिको आक्रामक व्यवहारविरुद्ध चालिएको समानुपातिक कदम भएको बताएको छ। आक्रमणपछि पर्सियन खाडी र स्ट्रेट अफ होर्मुजको तटीय क्षेत्रमा ठुला विस्फोटहरू भएका छन्।

    इरानको ड्रोन आक्रमणको सिकार भएको अमेरिकी आपाचे हेलिकप्टरमा सवार दुई चालक दलका सदस्यलाई भने सुरक्षित उद्धार गरिएको छ। अमेरिकी सैन्य इतिहासमा पहिलो पटक यस प्रकारको उद्धार कार्यमा अत्याधुनिक समुद्री ड्रोनको प्रयोग गरिएको सार्वजनिक रूपमा पुष्टि गरिएको छ। 

    बुधवार, जेठ २७ २०८३०९:०४:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार