मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बने बिनाविभागीय

बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बने बिनाविभागीय

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 316
    SHARES

  • बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बने बिनाविभागीय

    काठमाडौं, बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने निर्णय अनुसार मन्त्रालयको संख्या घटाएको छ ।

    यसअघि १४ वटा मन्त्रालय रहेको प्रदेशमा अब ८ वटा मन्त्रालय मात्र कायम रहने भएका छन् । मन्त्रालय संख्या घटाइएपछि हाल ६ जना मन्त्री बिनाविभागीय भएका छन् । बिनाविभागीय हुने मन्त्रीहरूमा किरण थापा मगर,उर्मिला नेपाल,भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल रहेका छन् ।

    प्रदेश सरकारले गत वैशाखमै प्रशासनिक खर्च घटाउने तथा सरकारी संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनमा आएसँगै मन्त्रालयको नयाँ संरचना लागू भएको हो ।

    bagmati-1784282674.jpg

    शुक्रवार, श्रावण १ २०८३०५:०५:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार